back
NMB ad

नेष्डो समृद्ध लघुवित्तको नाफा १६ करोड ३३ लाख, खराब कर्जा ७ प्रतिशत पुग्यो

Kumari bank ad

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत आवमा कम्पनीले १६ करोड ३३ लाख ८ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.८३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४१ करोड १६ लाख ३० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद ब्याज आम्दानी १.४६ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवमा ४० करोड ५६ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यस्तै, कम्पनीको जम्मा संचालन मुनाफा भने ४८ करोडड ७८ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा भने ह्वात्तै बढेको देखिन्छ । अघिल्ला आवमा २.१७ प्रतिशत रहेको खराज कर्जा गत आवमा बढेर ६.९७ प्रतिशत पुगेको छ ।

कम्पनीको चुक्तापुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ४२ करोड ७३ लाख २५ हजार रुपैयाँ राखेको छ ।

वि.सं.२०७८ भदौ ३ बिहीवार ११:२३ मा प्रकाशित

You can share this post!

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

प्रभु बैंकका ग्राहकहरुलाई स्काइवाक टावरको टिकट खरिदमा  बिशेष छुट

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:३०

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा...

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

सेयर बजारमा ओरालो यात्रा कायमै, कारोबार रकम पनि घट्यो

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:२४

काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

घटेको बजारमा दुई कम्पनीमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:१६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार १५:०५

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

आजदेखि झुलाघाट नाका बन्द   

आजदेखि झुलाघाट नाका बन्द   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४६

बैतडी, ४ वैशाखः भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि...

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

सीप मेला आयोजना गर्दै काठमाडौँ महानगरपालिका   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४०

काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिकाले यही वैशाख १९ गतेदेखि...