back
NMB ad

बजारमा थपियो १३ कम्पनीको १ अर्ब ७ करोड बराबरको बोनस सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/८९ को पहिलो महिनामा एक दर्जन कम्पनीको १ अर्ब बढी रुपैयाँको बोनस सेयर दर्ता भएको छ ।

नेपाल धितोपत्र बोर्ड(सेबोन)का अनुसार चालु आवको पहिलो महिनामा १३ कम्पनीको बोनस सेयर दर्ता भएका हुन् ।

ती कम्पनीहरुको १ अर्ब ७ करोड १९ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख १९ हजार ७५ कित्ता बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।

उक्त अवधिमा दर्ता हुनेमा ८ वटा माइक्रोफाइनान्स, २ इन्स्योरेन्स, १ हाइड्रो र १ फाइनान्स र १ अन्य कम्पनीहरुको रहेका छन् । कम्पनीहरुको आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भई बोर्डमा दर्ता गराएका हुन् ।

बोनस सेयर दर्ता गराएका कम्पनीहरुमध्ये सबैभन्दा बढी राधी विद्युत(प्रतिशतका आधारमा) को रहेको छ । कम्पनीले आव २०७६/७७ को ३६.५० प्रतिशत बोनस वापतको १७ लाख २८ हजार ४८१.२३ कित्ता सेयर दर्ता गराएको हो । कम्पनीको उक्त सेयर बोर्डमा साउन १४ गते दर्ता भएको थियो ।

यस्तै, साउन ३ गते फरवाड माइक्रोफाइनान्स, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको क्रमंशः १२ लाख ५१ हजार ३८.५० कित्ता, ८ लाख २१ हजार १४५ कित्ता र ८० हजार १४२.२६ कित्ता बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार मिथिला लघुवित्त वित्तीय संस्थाको १ लाख ४६ हजार ८९.०१ कित्ता, रिलायन्स फाइनान्सको ८ लाख ३२ हजार १४६.०६ कित्ता, सबैको लघुवित्त वित्तीय संस्थाको १०.५० प्रतिशत वाफतको १ लाख ९५ हजार ७७२.५० कित्ता, नयाँ सारथी लुघवित्तको १ लाख ९१ हजार ५२० कित्ता, सुर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर दर्ता भएको हो ।

यस्तै, स्वलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६.१६ कित्ता, नेरुडे लघुवित्तको ३ लाख ६५ हजार ८३५.२४ कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ५ लाख ७० हजार ९ सय कित्ता र नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस सेयर दर्ता भएको बोर्डले जनाएको छ ।

कुनको कति ?

वि.सं.२०७८ भदौ ३ बिहीवार १२:२६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...