काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बिहीवार बजार १८.२४ अंकले घटेको हो ।
उक्त दिन बजार परिसुचक ३१८० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम भने २० अर्ब ४९ करोड ९२ लाख १० रुपैयाँ रहेको छ ।
आज व्यापार समूह, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूह वृद्धि भएका छन् ।
उक्त दिन बैंकिङ समूह १९.५५ अंक, विकास बैंक १६२.४५, होटेल तथा पर्यटन ३०.०७, जलविद्युत १२३.३१, फाइनान्स ७३.३१, उत्पादक तथा प्रशोधन १९.२८, लगानी समूह ४.९२ र म्युचुअल फण्ड ०.१ अंकले घटेका छन् ।
आज अरुण काबेली पावरको सबैभन्दा बढी १ अर्ब १६ करोड ७८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरको १ अर्ब १६ करोड ५२ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
वि.सं.२०७८ भदौ ३ बिहीवार १५:०४ मा प्रकाशित