काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेपाल फाइनान्सको सेयर सूचीकृत भएको छ ।
बिहीवार कम्पनीको १८ लाख ७९ हजार ४५२ कित्ता साधारण सेयर सूचीकृत भएको हो । साविकको ललितपुर फाइनान्सलाई १ः१ को अनुपातमा प्राप्ति गरेपछि कायम हुन आएको उक्त सेयर नेप्से सूचीकृत गराएको हो ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरि कम्पनीको सेयर सूचीकृत भएको कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ भदौ ३ बिहीवार १७:०८ मा प्रकाशित