back
NMB ad

नागरिक, व्यवसायी र सरकारलाई हित हुने गरी व्यवसाय गर्न अर्थ सचिव मरासिनीको आग्रह

Kumari bank ad

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनीले आम नागरिक, व्यवसायी र सरकारलाई हित हुने गरी व्यवसाय संचालनमा जोड आग्रह गर्नु भएको छ ।

उहाँले व्यवसायीहरुको आत्मबिश्वास वढाउन सरकार कटिवद्ध रहेको बताउनुभयो । चेम्बरसँगको भेटमा उहाँले यस्तो बताउनु भएको हो ।नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च (विकास बजेट) समयमै खर्च हुन नसक्दा बजारमा तरलता अभाव हुने गरेको बताउनु भएको छ ।

आर्थिक बर्ष २०७७÷७८ मा भएको पुँजीगत खर्च पनि विगत सरह नै न्यून रहेकोले आर्थिक वर्ष २०७८÷७९को बजेटमा विनियोजन गरिएको पुँजीगत खर्च समयबद्ध तालिका अनुसार खर्च गरिनु पर्ने र प्रत्येक त्रैमासिकमा यसको प्रभावकारी अनुगमन गरिनु पर्ने उहाँको भनाई छ ।

अर्थ सचिव मधु कुमार मरासिनीसँग भएको भेटमा मल्लले कृषि क्षेत्रलाई प्रोत्साहन दिन कृषिमा यान्त्रीकरण, वैज्ञानिकीकरण एवम व्यावसायीकरण हुनु पर्ने र कृषि उत्पादन ढुवानीको लागि भंसार सहुलियतमा गाडिको सुबिधा उपलब्ध हुन सकेमा ढुवानी लागतमा कमी भइ आन्तरिक तथा वाह्य व्यवसाय वृद्धि हुन जाने र कृषकहरुको उत्पादन बजारीकरण सुव्यवस्थित हुन बताउनुभयो ।

अध्यक्ष मल्लले बीमा व्यवसायलाई सरलीकृत गर्न साबिकमा प्रिमियम वापत चेकबाट भएको भुक्तानीलाई मान्यता दिदै आएकोमा हाल चेकबाट नगद जम्मा भए पछि मात्र मान्यता दिने व्यवस्था गरेकोले यसबाट व्यवसायमा सहजीकरण नहुने भएकोले साबिक व्यवस्था अनुसारनै चेक भुक्तानीलाई मान्यता दिनु पर्नेमा जोड दिनुभयो ।

उहाँले राजस्व परामर्श समितिमा निजी क्षेत्रको प्रतिनिधित्वको लागि आग्रह गर्नुभयो । सो बाहेक रुग्ण उद्योगलाइ सहुलियत बैंक ब्याजदर, कृषि उपजको बजार सुरक्षण तथा महँगी नियन्त्रणका लागि २ वर्षको लागि कृषि उत्पादनको बाइ व्याक अन्तरगत बफर स्टक राख्ने, निर्यातलाइ प्रोत्साहन दिन निर्यात अनुदान,. विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमै रोजगारी, लगानीको स्रोतको वैधतामा सरलीकरण, विदेशी लगानी, रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा प्रवाह, घर जग्गा खरिद बिक्रीमा ब्रोकर लाइसेन्सको व्यवस्था बारेमा पनि चेम्बरको धारणा राख्नुभयो ।

वि.सं.२०७८ भदौ ३ बिहीवार १७:४० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...