back
NMB ad

महालेखापरीक्षकको ५८औं प्रतिवेदन सार्वजनिक, कुन निकायमा कति बेरुजू ? (पूर्णपाठ)

Kumari bank ad

काठमाडौं । महालेखापरीक्षकको कार्यालले ५८ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार कार्यालयले प्रतिवेदनको सांराश सार्वजनिक गरेको हो ।

यस वर्ष संघीय, प्रदेश सरकारी निकाय र स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थासमेको ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखापरीक्ष सम्पन्न भएको जनाएको छ ।

जसमध्ये ३ हजार ७९ संघीय सरकारी निकाय र कार्यालयको १५ खर्ब ५५ अर्ब ८१ करोडको लेखा परीक्षणबाट ४४ अर्ब ३९ करोड(२.८६ प्रतिशत) बेरुजू देखिएको छ ।

यस्तै, प्रदेश निकाय र कार्यालय १ हजार १९ को २ खर्ब ३७ अर्ब ४१ करोडको लेखापरीक्षणबाट ६ अर्ब ५० करोड(२.७४प्रतिशत) ५८४ समिति तथा अन्य संस्थाको १ खर्ब ६३ अर्ब ५७ करोड लेखापरीक्षणबाट १२ अर्ब ६६ करोड, ६९९ स्थानीय तह(५ बक्यौता समेत) को ८ खर्ब १५ अर्ब ९९ करोडको लेखापरीक्षणबाट ४० अर्ब ८३ करोड बेरुजू देखिएको छ ।

अतिरिक्त सार्वजनिक संस्था ८१ को २५ खर्ब ५५ अर्ब १३ करोडको लेखापरीक्षण भएको कार्यालयले जनाएको छ । संगठित संस्थाको लेखापरीक्षणका लागि परामर्श उपलब्ध गराए बमोजिम ११ खर्ब २० अर्ब ७९ करोड रुपैयाँ लेखापरीक्षण भएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत वर्ष बाँकी बेरुजू ४ खर्ब १८ अर्ब ३२ करोडमा फस्र्यौट तथा समायोजन गरिएको अंक १ खर्ब ३ अर्ब ८५ करोड रुपैयाँ घटाई यो वर्ष थप भएको १ खर्ब ४ अर्ब ३८ करोड रुपैयाँ समेत गरि ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बाँकी रहेको छ । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष ६ अर्ब १७ करोड रुपैयाँ असुल भएको कार्यालयले जनाएको छ ।

अद्यावधिक कारबाही गरी टुंगो लगाउनुपर्ने रकम गत वर्ष ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा यस वर्ष ११ अर्ब ४१ करोड थप यस वर्ष ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । य वर्ष म्याद ननाघेको पेश्कीलाई लगती बेरुजू कायम नगरिएकाले बेरुजू अंक र प्रतिशत घटेको कार्यालयले जनाएको छ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

वि.सं.२०७८ भदौ ४ शुक्रवार १६:०१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...