back
Mega Long Ad

यी हुन भाडा असुल गर्न नसक्ने सार्वजनिक निकायहरु, कुनको कति उठ्न बाँकी ?

काठमाडौं । तीन सार्वजनिक निकायहरुले भाडा असुल गर्न सकेका छैन । भाडा असुल गर्न नसक्नेमा कर्मचारुी सञ्चय कोष, त्रिभुविन विश्वविद्यालयका मातहातका ३ क्याम्पस र समाज क्ल्याण परिषद रहेका छन् ।

महालेखापरीक्षकको कार्यालयका अनुसानर कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं सुन्धारामा रहेको घर भाडाबाट १२ करोड ५२ लाख रुपैयाँ असुल गर्न देखिएको छ । यसबाट लिन बाँकी भाडा रकमको ब्याज तथा जरिवानासमेत असुल गुर्नपर्ने बताइएको छ ।

यो हेर्नुहोस्:

यस्तै, त्रिवि मातहातका ३ क्याम्पसले जग्गा तथा भवनको विभिन्न भाडा ८५ लाख ७३ हजार रुपैयाँ असुल गर्न नसकेको महालेखापरीक्षकले जनाएको छ । त्रिपुरेश्वस्थित जनप्रशासन क्याम्पस रहेको १० रोपनी १३ आना क्षेत्रफलको जग्गामा एक व्यापापर केन्द्र भवन निर्माण गरी व्यवसायीलाई ३२ वर्षका लागि लिजमा लिने व्यवसायीले २०६४ बैशाखदेखि २०७७ असारसम्म १ करोड ५२ लाख बुझाउन बाँकी देखिएको छ ।

लामो समयदेखि बाँकी रकम नबुझाएमा सम्झौता अनुसार कारबाही गरी असुल गर्नुपर्ने कार्यालयले जनाएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राप्ती विज्ञान प्रतिष्ठान र भरपुर अस्पातल लगायतका ११ निकायले ४ करोड ८७ लाख ७१ हजार रुपैयाँ सम्झौता अनुसार भाडा असुल गर्न सकेका छैन ।

समाज कल्याण परिषद आर्थिक प्रशासन नियमावली, २०५० को नियम ६२ मा परिषदले भवन जमिन र उपकरण भाडामा दिनुपर्दा सचिवले निर्धारित प्रक्रिया अपनाई भाडामा दिनसक्ने व्यवस्था छ ।

भृकुटीमण्डप संचालन कार्यालयबाट उठाउनुपर्ने बक्यौता रकम २०७७ असार मसान्तसम्म १२ व्यक्ति, फर्म एवं संघसंस्थाहरुको नाफा ७ करोड १५ लाख ८२ हजार रुपैयाँ रहेको देखिएको छ ।

यो वर्षको मात्र २ करोड ३५ लाख ४६ हजार रुपैयाँ रहेकोमा सम्झौता बमोजिम असुली कारबाहीको प्रक्रियलार्य प्रभावकारी बनाउन महालेखापरीक्षकको कार्यालय निर्देशन दिएको छ ।

यो हेर्नुहोस्:

वि.सं.२०७८ भदौ ४ शुक्रवार १८:३१ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...