back
NMB ad

जलविद्युत कम्पनीको बिक्री आम्दानीमा सुधार : चिलिमेको मात्रै १ अर्ब बढी, कुनको कति ?

Kumari bank ad

काठमाडौं । संचालनमा रहेकामध्ये करिव दुई दर्जन जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ वित्तीय अवस्था सार्वजनिक गरेका छन् ।

गत आवमा कम्पनीहरुले विद्युत बिक्रीबाट हुने आम्दानी केही सुधार भएको देखिएको छ । वित्तीय अवस्था सार्वजनिक गरेको २२ कम्पनीहरुले गत आवमा ६ अर्ब ६६ करोड ७७ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

यो आम्दानी अघिल्लो आवको तुलनामा १२.२८ प्रतिशतले मात्र बढी हो । अघिल्लो आवमा कम्पनीहरुको विद्युत बिक्री आम्दानी ५ अर्ब ९३ करोड ८२ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

२२ कम्पनीमध्ये १० वटाको आम्दानी अघिल्लो आवको तुलनामा वृद्धि भएको छ भने अन्यको घटेको देखिएको छ । गत आवमा घलेम्दी हाइड्रो, रैराङ हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, अरुण काबेली, अपि पावर, माउनटेन हाइड्रो, कालिका पावर, माउनटेन इनर्जी, खानीखोला, रिदी हाइड्रोपावरले बिद्युत बिक्री आम्दानी बढाएका छन् ।

रकममा आधारमा धेरै आम्दानी गर्ने कम्पनीमा चिलिमेजलविद्युत देखिएको छ भने प्रतिशतका आधारमा घलेम्दी हाइड्रो रहेको छ । गत आवमा चिलिमे जलविद्युतले १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँ आम्दानी गरेको छ । तर, अघिल्लो आवको तुलनामा भने कम्पनीको आम्दानी १.११ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीको आम्दानी १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, प्रतिशतका आधारमा धेरै आम्दानी गरेको घलेम्दी हाइड्रोको २ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको आम्दानी २४७.७९ प्रतिशतले वृद्धि भएको हो । त्यस अवधिमा कम्पनीले ७५ लाख ९३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

यता, गत आवमा देखि संचालनमा आएको शिवश्री हाइड्रोपावरले पनि ४ करोड ८ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । उक्त अवधिमा कम्पनीको नाफा भने १ करोड ८४ लाख १० हजार रुपैयाँ रहेको छ ।

यस्तै, गत आवमा धेरै आम्दानी घट्ने कम्पनीमा ङादी हाइड्रोपावर रहेको छ । अघिल्लो आवमा १३ करोड ६५ लाख ८३ हजार रुपैयाँ रहेको कम्पनीको आम्दानी गत आवमा भने ३५.३२ प्रतिशतले घटेको छ । गत आवमा कम्पनीले ८ करोड ८३ लाख ३४ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ ।

अघिल्लो आवको तुलनामा बिद्युत बिक्रीबाट हुने आम्दानी घटेका कम्पनीहरुमध्ये सानिमा माई हाइड्रोपावरको ८५ करोड ३ हजार ९ हजार, यूनियन हाइड्रोपावरको ६ करोड ७६ लाख ६ हजार, दिव्यश्वरीको ७ करोड १ लाख २१ हजार, आँखुखोला जलविद्युत १९ करोड ३५ लाख ७८ हजार, राधी विद्युतको १२ करोड ९७ लाख २७ हजार, सिनर्जी पावरको २० करोड १५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

त्यसैगरि, युनाईटेड मोदी हाइड्रोपावरको अघिल्लो आवको तुलनामा ४.२६ प्रतिशत, बुटवल पावरको ५.४२ प्रतिशत र अरुण भ्याली हाइड्रोपावरको २२.२८ प्रतिशतले विद्युत बिक्री आम्दानीमा कमी देखिएको छ ।

वि.सं.२०७८ भदौ ६ आइतवार ११:४१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...