back
Mega Long Ad

यूनाईटेड आईडी मार्दीले कमायो साढे ४ करोड बढी नाफा, विद्युत बिक्री आम्दानी पनि २७.५२ %ले बढ्यो

काठमाडौं । यूनाईटेड आईडी मार्दी एण्ड आरबि हाइड्रोपावरले गत आर्थिक वर्ष २०७७÷७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

कम्पनीले गत आवमा ४ करोड ६० लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो ४ करोड १४ लाख ९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी १३ करोड ४५ लाख ८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २७.५२ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड ५४ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको चुक्तापुँजी ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा ८ लाख ४८ हजार रुपैयाँ राखेको छ । अघिल्लो आवमा कम्पनीको उक्त कोष ४ करोड ५२ लाख ३३ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १ सय रुपैयाँ २० पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ ६ आइतवार १४:४८ मा प्रकाशित

You can share this post!

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

तीन बर्षयताकै बढी राजस्व उठेको अर्थमन्त्रालयको दावी

वि.सं.२०७८ माघ ३ सोमवार २१:५०

काठमाडौं । अर्थमन्त्रालयले विगतका वर्षहरुमा भन्दा चालु आर्थिक बर्षमा राजस्व...

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वाणिज्य बैंकहरुको निक्षेप पौन नौ करोडले बढ्यो, कर्जा लगानी ४ अर्ब बढी

वि.सं.२०७८ माघ ३ सोमवार १९:४६

काठमाडौँ । पुस महिनामा वाणिज्य बैंकहरुको बैंकिङ्ग प्रणालीमा संकलन हुने...

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

हिमालयन बैंकले जारी गर्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ३ सोमवार १८:२७

काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको...

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

दुई कम्पनीको १ करोड ७० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १८:०४

काठमाडौं । आइतबार दुई कम्पनीको १ करोड ७० लाख बढी...

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

फेरि थप दुई कम्पनीहरुद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७८ माघ ३ सोमवार १७:४६

काठमाडौं । आइतबार थप दुई कम्पनीले लाभांश घोषणा गरेका छन्...

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

हिरो इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा बिक्रीवितरण सुरु

वि.सं.२०७८ माघ ३ सोमवार १७:०४

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक...