back
Mega Long Ad

भोलि मानुषी लघुवित्तको आईपीओ बाँडफाँड : ३६ हजार ८५९ लाई १०/१० कित्ता, २३ लाख बढीको हात खाली

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ कम्पनीको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ । गत बिहीवार प्रि–अलोटमेण्ट सम्पन्नभएसंगै बाँडफाँडको तयारी भएको हो ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्टका अनुसार कम्पनीको आईपीओ भोलि (सोमबार) बिहान साढे ८ बजे बाँडफाँड हुने भएको छ ।

कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ३ करोड ९५ लाख ७५ हजार रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।

जसमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

कम्पनीको उक्त आईपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकले ३ करोड ६ लाख ३२ हजार ४ सय ५० कित्ताको लागि आवेदन दिएका छन् । यी मध्ये रितपूर्वक आवेदन दिएका योग्य ३६ हजार ८५९ सर्वसाधारण १० कित्ताका दरमा सेयर प्राप्त गर्नेछन् ।

वि.सं.२०७८ भदौ ६ आइतवार १५:०५ मा प्रकाशित

You can share this post!

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

“बैंक अफ दि इयर” पनि एनएमबि नै, यो पुरस्कार जित्नुको आधार के हो ?

वि.सं.२०७८ मंसिर १५ बुधवार २२:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै...

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

बैंकक्रप्ट हुने सम्भावना छः पवनकुमार गोल्यान

वि.सं.२०७८ मंसिर १५ बुधवार १७:४५

बैैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले ‘बैंकक्रप्ट’ हुन...

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

एनएमबी बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

वि.सं.२०७८ मंसिर १५ बुधवार १६:५०

एनएमबी बैंक एसियाकै सर्वोत्कृष्ट बैंक बनेको छ । बुधबार बैंकले...

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

बैध रूपमा अबैध काम भइरहेको छः अर्थमन्त्री शर्मा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:५८

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले बैध रूपमा अबैध काम भइरहेको...

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

आगामी १० बर्षमा मध्यमस्तरको राष्ट्रमा परिणत हुन केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री देउवा

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:२२

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको गुणात्मक वृद्धिका सरोकारवाला सवै...

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा सुधार: कारोबार रकम भने खुम्चियो, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०७८ मंसिर १५ बुधवार १५:१४

काठमाडौं । बुधवार सेयर बजारमा सुधार आएको छ । साताको...