back
NMB ad

साढे २४ करोड बढीको आईपीओ निष्काशन गर्दै चार लघुवित्त कम्पनी, कुनको कति ?

Kumari bank ad

काठमाडौं । विभिन्न चार माइक्रोफाइनान्स कम्पनीले २४ करोड ४७ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएका छन् ।

ती चार लघुवित्त वित्तीय कम्पनीको २४ लाख ६७ हजार कित्ता आईपीओ आउने भएको हो । कम्पनीहरुले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएका छन् ।

आईपीओ निष्काशनका लागि नेष्डो सामूदायिक लघुवित्त वित्तीय संस्था, जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले बोर्डमा निवेदन दिएका हुन् ।

नेष्डो सामूदायिक लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । उक्त आईपीओ निष्नकाशनका लागि कम्पनीले असरा ६ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

यस्तै, जाल्पा सामूदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न असार २० गते बोर्डमा निवेदन दिएको छ । बोर्डले अनुमति दिएमा कम्पनीले ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यता, साढे ८ करोडको आईपीओ निष्काशनका लागि असार २४ गते राष्ट्र उत्थान लघुवित्तले बोर्डमा निवेदन दिएको छ । बोर्डको अनुमति पाएसंगै कम्पनीले ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरि उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशनका लागि गत साउन १३ गते बोर्डमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

वि.सं.२०७८ भदौ ६ आइतवार १७:०७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...