काठमाडौं । आज सेयर कारोबार बन्द हुने भएको छ । घोडे जात्राको अवसरमा सार्वजनिक बिदा परेकाले कारोबार बन्द हुने भएको हो ।
साताको पहिलो कारोबार दिन अर्थात आइतवार जनै पूर्णिमाको अवसरमा पनि कारोबार बन्द भएको थियो । अब भोलि मंगलवारदेखि कारोबार हुने छ । यस साता तीन दिन सेयर बजार खुल्ने भएको हो ।
वि.सं.२०७८ भदौ ७ सोमवार १०:२७ मा प्रकाशित