back
NMB ad

मानुषी लघुवित्तको नतिजा यी ४ ठाँउबाट हेर्न मिल्ने

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँट भएको छ । उक्त आईपीओको नतिजा ४ ठाँउबाट थाहा पाउन सकिने छ ।

लगानीकर्ताले अबको केही समयमा नै बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट, मेरो सेयर एकाउन्ट, मानुषी लघुवित्त वित्तीय संस्थटाको वेबसाइट र सीडीएससीको आइपीओ रिजल्ट हेर्ने वेवसाइटबाट नतिजा थाहा पाउन सकिने छ ।

मानुषीको आइपीओमा ३६ हजार ८५९ जना लगानीकर्ताले सेयर पाएका छन् । जसमा पनि ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १०-१० कित्ता सेयर हात पारेका हुन् । आइपीओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो । बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथा गरिएको हो ।

गोलाप्रथाबाट ३६ हजार ८५९ जना लगानीकर्ताले भाग्यमानी ठहरिएका छन् । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेकोमा ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको थियो ।लगानीकर्ताको भागमा ३ लाख ८ हजार ५९३ कित्ता सेयर रहेको थियो ।

वि.सं.२०७८ भदौ ७ सोमवार १०:३१ मा प्रकाशित

You can share this post!

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...