back
NMB ad

पर्यटन विभागले अभिलेख तयार नगर्दा उठेन १ अर्ब बढी बक्यौता तथा रोयल्टी

Kumari bank ad

काठमाडौं । वायु सेवा कम्पनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनु पर्ने शुल्क तथा रोयल्टी बक्यौता रकम असुल हुन सकेको छैन ।

वायु सेवा कम्पनीहरुले प्राधिकरणलाई बुझाउनुपर्ने उक्त शुल्क तथा रोयल्टी ९ करोड भन्दा बढी बक्यौता रकम असुल नभएको हो ।

हालै सार्वजनिक भएको महालेखापरीक्षको ५८औं प्रतिवेदन २०७८ का अनुसार उक्त बक्यौतामध्ये अस्तित्वमा नरहेका दुई हवाई सेवाको मात्र ८ करोडभन्दा बढी रहेको छ ।

यता, क्यासिनो संचालकहरुबाट पनि १ अर्ब बढी बक्यौता उठ्न बाँकी देखिएको छ । क्यासिनो रोयल्टीसंग सम्वन्धित व्यवसायीको विवरण तथा रकम खुल्ने अद्यावधिक अभिलेख पर्यटन विभागले तयार नगर्दा बक्यौत उठन नसकेको हो ।

लेखापरीक्षणबाट संकलन गरिएको विवरणबाट १५ क्यासिनो संचालनकमध्ये ५ संचालकबाट १ अर्ब ८ करोड ६३ लाख रुपैयाँ बक्यौता बाँकी रहेको छ । यो आर्थिक वर्ष २०७६/७७ को २२ करोड ७२ लाख ५० हजार रुपैयाँसहितको बक्यौता हो ।

उक्त बक्यौतामा लाग्ने शुल्कसमेत यकिन गरी असुल गर्नका लागि महालेखापरीक्षक कार्यालयले निर्देशन दिएको छ । क्यासिनो नियमावली २०७० मा क्यासिनो संचालकले रोयल्टी बुझाउनुपर्ने व्यवस्था छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार १६:५४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...