back
NMB ad

आयात गर्न २२४ दिन लाग्दा किसानले समयमा नै पाउँदैनन् रासायनिक मल

Kumari bank ad

काठमाडौं । मल आपूर्तिकर्ताले मल ल्याउन २२४ दिन लगाउँदा किसानले समयमा नै मल नपाएको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं बार्षिक प्रतिवेदन-२०७८ मा उक्त कुरा उल्लेख रहेको रहेको छ ।

मलको आपूर्तिको विश्लेषण गर्दा वोलपत्र सूचना आह्वानदेखि आयात विन्दुमा सामान डेलिभरी गर्न औसत २०६ दिन लागेको देखिन्छ । मल आपूर्तिमा २०७४-०७५ को ७ ठेक्का आपूर्तिकर्ताले २२२ दिनसम्म लागेको देखिन्छ । मल आपूर्तिमा आव २०७५-०७६ को ७ ठेक्कामा २०३ दिनसम्म र २०७६-०७७ को ७ ठेक्कामा ५७ दिनसम्म ढिलाइ गरेका छन् । कार्यालयका अनुसार औसत आपूर्ति समय करिब २२४ दिन लागेको छ ।

प्रतिवेदनका अनुसार रासायनिक मलको सामान्य माग बार्षिक ६ लाख मेट्रिक टन भएतापनि कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले आर्थिक वर्ष २०७४-०७५ मा ३ लाख ६६ हजार ७९४ मेट्रिक, आव २०७५-०७६ मा ३ लाख ५९ हजार ८६ मेट्रिकटन र आव २०७६-०७७ मा ३ लाख ९५ हजार ९५९ मेट्रिकटन मलको आपूर्ति गरेका छन् ।

हिउँदे बालीको लागि असोज, कात्तिक महिना र बर्षे बालीको लागि चैत, वैशाख र जेठ महिनामा मल आउने गरी ठेक्का प्रकृया अगाडि बढाए पनि निर्धारित समयमा मल प्राप्त गर्न नसकेको देखिएको छ । बन्दरगाहमा घुइचो, खराब मौसम, रेल्वे र्याक समयमा उपलब्ध नभएको, सामुद्रिक आँधीजस्ता कारणले म्याद थप हुने गरेको छ । म्याद थप नभएकोमा हर्जाना असुल गरेर खरिद कार्य सम्पन्न गरेतापनि समयमा आपूर्ति नहुँदा हरेक वर्ष मुख्य बालीको समयमा रासायनिक मलको अभाव हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

आव २०७६-०७७ र आव २०७७-०७८ को पहिलो अर्ध बार्षिक अवधिमा कृषि सामग्री कम्पनी लिमिटेडले खरिदको लागि छनोट गरेका ६ आपूर्तिकर्ताले १ लाख ३० हजार मेट्रिकटन युरीया मल र २० हजार मेट्रिकटन डिएपी मल आपूर्ति गर्न नसकेको देखिएको छ । सम्झौता अनुसार भदौ, असोज, कात्तिक र मंसिर महिनामा मल आपूर्ति हुन नसक्दा धानको बाला लाग्ने र हिँउदे बाली लगाउने समयमा मल उपलब्ध हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

वि.सं.२०७८ भदौ ७ सोमवार १७:३० मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...