काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्यमा बढोत्तरी आएको छ । उक्त दिन नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९१ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मूल्य आज बढेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य भने आज ९१ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला १० रुपैयाँले वृद्धि भएको चाँदीको मूल्य १२ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ११ सय ९० रुपैयाँमा खरिदबिक्री भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १०:४५ मा प्रकाशित