back
NMB ad

महासंघका अध्यक्ष शेखर गोल्छाले लिए ७६ करोड बढी राजस्व छुट, एसेम्बल प्रणालीको औचित्यमा प्रश्न

Kumari bank ad

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ७६ करोड ७० लाख ४७ हजार रुपैयाँ राज्यबाट राजस्व छुट लिएको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन-२०७८ मा उक्त कुरा उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार भैरहवा भन्सार कार्यालयबाट बजाजका मोटरसाइकलहरु कम्प्लिटली नक्ड डाउन (सी.के.डी) अवस्थाका उल्लेख थरी ५ अर्ब ५८ करोड २५ लाख ८ हजार मूल्यको पैठारी गर्दा भन्सार जाँचपासका क्रममा अन्तःशुल्क ६७ करोड ८८ लाख ३ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर ८ करोड ८२ लाख ४४ हजार समेत ७६ करोड ७० लाख ४७ हजार रुपैयाँ राजस्व छुट लिएको छ ।

प्रतिवेदनमा अध्यक्ष गोल्छाले आय विवरणसाथ पेश गरेको वित्तीय विवरणमा एक विदेशी कम्पनीका मोटरसाइकलहरु सी.के.डी अवस्थामा ल्याई एसेम्बल गर्दा ३.८१ प्रतिशत मूल्य अभिवृद्धि भएको उल्लेख छ ।

सरकारले पैठारीकर्तालाई लाग्ने अन्तशुल्कमा २५ प्रतिशत छुट दिएको उल्लेख छ । सरकारले दिएको राजस्व छुट बराबरको पनि मूल्य अभिवृद्धि नहुँदा राजस्व छुटको लाभ दिएको छ ।

सरकारले दिएको राजस्व छुट बराबरको पनि मूल्य अभिवृद्धि नहुँदा राजस्व छुटको लाभ पैठारीकर्ताले मात्र प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसबाट अर्थतन्त्र एंव उपभोक्तालाई योगदान पुगेको नदेखिएको उल्लेख छ ।

अन्तशुल्क तथा मूल्य अभिवृद्धि करमा छुट दिएतापनि तयारी मोटरसाइकल पैठारी गरेको भन्दा कम मूल्यमा सर्वसाधारणले खरिद गर्न सक्ने नभई एसेम्बल प्रणाली औचित्यपूर्ण नभएको उल्लेख छ ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १२:२० मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...