back
NMB ad

सलाम एयरबाट राष्ट्रिय क्रिकेट टीम ओमान प्रस्थान, आइएमई ग्रुपद्वारा बिदाई

Kumari bank ad

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम आज सलाम एयर मार्फत प्रस्थान गरेको छ ।

१७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसएआइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गर्नुभएको थियो ।

आइसिसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकावीच ट्राई–सिरिजकालागि नेपाली राष्ट्रिय टीमका खेलाडीहरू सलाम एयर मार्फत आजै ओमानतर्फ प्रस्थान गरेका हुन् ।

बिदाई कार्यक्रमलाई सम्बोधनगर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेल मध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयीको शुरुवात हुने विश्वास व्यक्तगर्नुभयो ।

नेपाली क्रिकेट टीमको खेल प्रदर्शनले सवैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवद्र्घनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रवन्धक विनोद दासले नेपालको एक उदयीमान व्यापारिक समुहआइएमई ग्रुपर अन्तर्राष्ट्रिय उडानमा ख्याती कमाउँदै आएको सलाम एयरको यो सहयोगले आफु र आफ्नो टीमलाई हौसलाप्रदान गरेको बताउनुभयो ।

आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टीमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै भविष्यमा समेत सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १५:४३ मा प्रकाशित

You can share this post!

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

विस्तृत सेवाको साथ सिएफमोटो र जिहोको बाइक तथा स्कुटर लन्च, यस्ता छन् बिशेषता

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२१

काठमाडौं । CFMOTO र ZEEHO व्राण्डका नेपालका लागि आधिकारिक वितरक,...

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

राष्ट्रपति पौडेलद्वारा जोशीको रिहाइका लागि पहल गरिदिन कतार अमिरलाई आग्रह   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:४१

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात्...

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:३३

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई...

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १९:२९

काठमाडौँ, ११ वैशाख : आज बसेको लगानी बोर्डको ५८औँ बैठकले...