काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले राजीनामा दिनुहुने भएको छ ।
सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि नैतिकताका आधारमा नेप्से सिईओ साउदले राजीनामा दिन लाग्नुभएको हो । नेप्से कार्यालयमा सोमबार साँझ पत्रकार सम्मेलन गरि राजीनामा दिनका लागि साउद अर्थमन्त्रालय पुगेको स्रोतको दावी छ ।
सिईओ साउदले कार्यकाल सकिन डेढ महिना अघि नै राजीनामा दिन लाग्नु भएको हो ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १६:५७ मा प्रकाशित