काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था विभिन्न पदमा कर्मचारी माग गरेको छ । बुधवार एक सूचना निकाल्दै कम्पनीले कर्मचारी माग गरेको हो ।
कम्पनीले क्षेत्रीय प्रबन्धक(अधिकृत), कनिष्ठ अधिकृत, शाखा प्रबन्धक र प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी मागेको छ ।
कम्पनीले केन्द्रीय, क्षेत्रीय र विभिन्न शाखाहरुका लागि कर्मचारी माग गरेको छ । दरखास्त दिने अन्तिम मिति भदौ २३ गतेसम्म रहेको सूचनामा उल्लेख छ ।
दरखास्ता दिनका लागि www.ganapatimicro.com.np मार्फत दिन सकिने छ ।
वि.सं.२०७८ भदौ ९ बुधवार ११:२७ मा प्रकाशित