back
Hero Ad

सहकारीको साझेदारीमा शीत भण्डार निर्माण गर्दा लागत भन्दा बढी भुक्तानी, असुल्न निर्देशन

काठमाडौं । सहकारीसँगको साझेदारीमा नुवाकोट जिल्लामा निर्माण भएको शीत भण्डारमा लगात भन्दा बढी भुक्तानी भएको भन्दै त्यो रकम असुल गर्न निर्देशन दिएको छ ।

महालेखापरीक्षको ५८ औं प्रतिवेदन २०७८ मा शीत भण्डार निर्मणमा लागत भन्दा बढी भुक्तानी भएको भन्दै बढी रकम असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार उक्त शीत भण्डार निर्माणका लागि ४० करोड २५ लाख ५० हजारको सम्झौता भएकोमा निर्माण व्यवसायीले आर्थिक वर्ष २०७६-०७७ मा ५ करोड १ लाख ७१ हजार भुक्तानी भएको छ ।

निर्माण व्यवसायीले पेस गरेको ठेक्का सम्बन्धी बिल तथा नापी किताब परीक्षण गर्दा बेलकोटगढी स्थित शीत भण्डार निर्माणको २ करोड ५१ लाख १ हजार र विदुर नगरपालिका स्थित शीत भण्डार निर्माणको २ करोड ४५ लाख १४ हजार समेत ४ करोड ९६ लाख १५ हजारको मात्र काम भएको थियो । पहिलो चरणमा ५ लाख ६५ हजार बढी भुक्तानी भएको भन्दै त्यो असुल गर्न बागमती प्रदेश सरकारलाई महालेखाले भनेको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १२:५५ मा प्रकाशित

You can share this post!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

समाजवादीका नेता नन्दसिंह बुढा पुनः एमालेमा

वि.सं.२०७९ असोज १३ बिहीवार १५:३४

सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री...

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:१५

काठमाडौं । बिहीबार सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको कारोबार...