back
NMB ad

तेह्रथुम पावरको आइपीओमा लगानीकर्ताको आकर्षण, पहिलो दिन कति पर्यो आवेदन ?

Kumari bank ad

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओमा लगानीकर्ताको आकर्षमा परेको छ । कम्पनीको आइपीओमा पहिलो दिन नै ५ लाख ४६ हजार ३६८ जना आवेदकले ७४ करोड ३९ लाख ४२ हजार रुपैयाँको ७४ लाख ३९ हजार ४२० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले सर्वसाधारणको लागि ७ लाख ४४ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । ८ लाख कित्ता सेयर निष्काशन गरेको भएपनि ४० हजार कित्ता म्युचुअल फन्ड र १६ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याईएको छ ।

आइपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको आइपीओमा प्रति कित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ । ल गानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन पाउने छन् ।

वि.सं.२०७८ भदौ ९ बुधवार १६:५९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...