back
NMB ad

मौसमजन्य विपद्का असरलाई पनि विभागले अध्ययनमा समेट्नुपर्छ : मन्त्री भुसाल

Kumari bank ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।

बबरमहलस्थित जल तथा मौसम विज्ञान विभागको निरीक्षण गर्ने क्रममा उहाँले समान उद्देश्य रहेका संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भएता पनि नेपालजस्ता साना मुलुकमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुसालको भनाइ छ ।

उहाँले भुक्षय, बाढीपहिरो जस्ता मौसमजन्य विपद्का असरलाई पनि जल तथा मौषस विज्ञान विभागले अध्ययनमा समेट्नुपर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, -“बाढी तथा पहिरोको असर हामीले झेलिरेका छौँ । यस वर्ष सिन्धुपाल्चोक र मनाङमा ठूलो जलधनको क्षति भएको छ ।”

उहाँले मौसमजन्य विपत्तीबाट जनताको जीवनको रक्षा गर्ने तथा हुन सक्ने असरलाई न्यूनीकरण गर्नका लागि सूचना प्रवाह महत्वपूर्ण रहेको र त्यसका लागि विभागले २४ सैं घण्टा काम गर्दै आएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले सङ्गठन पुनःसरचना गरेर अगाडि बढ्नका लागि सूचना प्रविधि(आइटी)सम्बन्धी दरवन्दी समयाअनूकुल बनाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले स्वीकृत कार्ययोजनाअनुसार छिटो र छरितो आफ्ना लक्ष्य पूरा गर्न निर्देशन दिनुभयो । सो अवसरमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले विभागका गतिविधिबारे विस्तृत जानकारी गराउनुभएको थियो ।

वि.सं.२०७८ भदौ ९ बुधवार १७:२३ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...