back
NMB ad

कालोबजारी ऐन समय सापेक्ष संशोधन गर्नुपर्छ, यथार्थ मूल्यको बिल जारी गर्न नपाउँदा गुम्यो : पैठारी संघ

Kumari bank ad

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई भेटेर वाणिज्य क्षेत्रका समस्या अवगत गराएको छ ।

संघका अध्यक्ष सुनिलकुमार वंशलले नेतृत्व गरेको प्रतिनिधिमण्डलले कालोबजारी ऐन समय सापेक्ष संशोधन गर्नुपर्नेमा जोड दिएको छ ।

कालोबजारी ऐनले गर्दा व्यवसायीले यथार्थ मूल्यको बिल जारी गर्न नपाउँदा सरकारले पाउने राजस्व समेत गुमिरहेको अध्यक्ष वंशलले बताउनुभयो ।

अध्यक्षवंशलले आयातमा प्रतिबन्ध लगाइएको अवस्थामा प्रतिबन्ध घोषणा हुनु अघि आयात प्रक्रिया सुरु भइसकेका वस्तुको हकमा साबिककै व्यवस्था अनुसार आयात गर्न दिनुपर्ने, नत्र व्यवसायीको ठूलो धनराशी खर्च हुने र अमूल्य विदेशी मुद्रा खेर जाने तथ्य औंल्याउनुभयो ।

त्यसैगरी, प्रतिनिधिमण्डलले कलकत्ता बन्दरगाहका समस्या, तेस्रो मुलुकमा निर्मित सामान भारतबाट आयात गर्न नपाइने प्रावधान, केरुङ नाकाका समस्या लगायत विषयमा सचिव भट्टराईको ध्यानाकर्षण गराएको छ ।

संघका पदाधिकारीले वाणिज्य मन्त्रालय अन्तर्गत ड्यामेज र मिति सकिएका वस्तु नष्ट गरेको निरीक्षण गरी सो व्यहोरा प्रमाणित गरिदिने निकाय गठन हुनुपर्नेमा पनि जोडदिनुभयो ।

यसले व्यवसायीलाई कर प्रयोजनको लागि खेर गएका वस्तुको हिसाब देखाउन सजिलो हुने र बजारमा म्याद सकिएका वस्तु भेटिने समस्याहट्ने उनीहरुको भनाइ छ ।

जवाफमा सचिव व्यापारमा समस्या उत्पन्न गर्ने मुद्दा मन्त्रालयको क्षेत्रा धिकारभित्रको भए आफैंले सम्बोधन गर्ने र अन्य निकायले सम्बोधन गर्नुपर्ने विषय भए उचित ठाउँमा कुरा राख्ने बताउनुभयो ।

नेपाल भारत वाणिज्य सन्धिका प्रावधानले गर्दा देखिएका अप्ठेरा पक्षबारे पनि उहाँले प्रतिनिधिमण्डललाई प्रस्ट बनाउनुभयो ।

वि.सं.२०७८ भदौ ९ बुधवार १८:१६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...