काठमाडौं । गरिमा विकास बैंकले विशेष साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आउँदो भदौ १५ गते सभा गर्ने भएको हो ।
सभामा बैंकले सहारा विकास बैंकलाई प्राप्ति हुने सम्वन्धी प्रस्तावमा संचालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने छ ।
सभाले उक्त बैंकलाई प्राप्ति पश्चात विकास बैंकको नाम गरिमा विकास बैंक लिमिटेड कायम गरि सोही नामबाट एकीकृत कारोबारको निरन्तरता दिने प्रस्ताव पारित गर्ने छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७८ भदौ १० बिहीवार १२:१६ मा प्रकाशित