back
NMB ad

जीवन बीमा कम्पनीको नाफा १२ % ले बढ्यो : पुरानालाई नयाँसँग चुनौती, कुनको कति ?

Kumari bank ad

काठमाडौं । सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आउदा नाफा ११.९६ प्रतिशतले बढाएका छन् ।

कोरोना महामारीको समयमा पनि जीवन बीमा कम्पनीको असार मसान्तसम्मको नाफा ११.९६ प्रतिशतले बढेर ३ अर्ब ८० करोड ९४ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो असार मसान्तसम्म जीवन बीमा कम्पनीको नाफा ३ अर्ब ४० करोड २४ लाख २३ हजार रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीको नाफा ४० करोड ७० लाख ३० हजार रुपैयाँले बढेको छ ।

गत आवमा सबैभन्दा बढी नाफा आर्जन गर्ने जीवन बीमा कम्पनीमा नेपाल लाइफ रहेको छ । कम्पनीले गत आवमा ५३ करोड ५९ लाख ४३ हजार रुपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिको तुनामा नेपाल लाइफको नाफा १.०९ प्रतिशतले बढेको छ । यस्तै दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको नाफा ४० करोड १२ लाख १० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नाफा २.५५ प्रतिशतले बढेको छ ।

सबै भन्दा कम नाफा आर्जन गर्ने कम्पनीमा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानको नाफा ५ करोड ६२ लाख ८२ हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवमा ४.७१ प्रतिशतले घटेको छ ।

यो अवधिमा राष्ट्रिय बीमा संस्थाको साथै सन नेपाल लाइफ, युनियन लाइफ र मेट लाइफको नाफा घटेको छ । सन नेपालको नाफा ७.१५ प्रतिशत, युनियन लाइफको २१.४८ र मेट लाइफको १७.८४ प्रतिशतले नाफा घटेको छ ।

प्रतिशतको आधारमा हेर्दा असार मसान्तसम्म सबैभन्दा बढी प्रभु लाइफ इन्स्योरेन्सको बढेको छ । इन्स्योरेन्सको नाफा २८३.४७ प्रतिशतले बढेको छ ।

त्यस्तै ज्योती लाइफको ८०.५०, रिलायन्स लाइफको ६१.७१, लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा ५९.४३ प्रतिशतले बढेको छ ।

कुनको कति ?

वि.सं.२०७८ भदौ १० बिहीवार १३:५४ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...