back
NMB ad

साउनमा डेढ खर्बको आयात, व्यापार घाटा चुलिँदै

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो महिनामा नै आयातको झण्डै दोब्बर बढेको छ ।

भन्सार विभागका अनुसार साउन महिनामा १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको आयात भएको छ । गत साउन महिनाको तुलनामा आयात ७५.६६ प्रतिशतले आयात बढेको छ । गत साउनमा ८५ अर्ब ८० करोड ७९ लाख ८९ हजार रुपैयाँको आयात भएको थियो ।

यस्तै निर्यात पनि ११५.८५ प्रतिशतले बढेको छ । गत आवको साउनमा ९ अर्ब ६२ करोड ४९ हजार रुपैयाँको निर्यात भएकोमा यो साउनमा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको निर्यात भएको छ । चालु आवको सोही अवधिमा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको निर्यात भएको छ । यो अवधिमा निर्यात पनि शतप्रतिशत भन्दा बढी नै रहेको छ ।

विभागका अनुसार साउन महिनामा १ खर्ब २९ अर्ब ९६ करोड ६६ लाख २ हजार रुपैयाँको व्यापार घाटा रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ७०.५९ प्रतिशतले बढी हो । साउन महिनामा ब्यापार घाटा ७६ अर्ब १८ करोड ७९ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

साउन महिनामा १ खर्ब ७१ अर्ब ४९ करोड ६८ लाख ३६ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जुन गत साउनको तुलनामा ७९.७१ प्रतिशतले बढी हो । गत साउनमा वैदेशिक व्यापार ९५ अर्ब ४२ करोड ८० लाख ३८ हजार रुपैयाँ रहेको थियो । यो साउनमा आयात–निर्यातको अनुपात १८.६२ प्रतिशतले घटेको छ ।

वि.सं.२०७८ भदौ १० बिहीवार १६:३५ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...