काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ ९१ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । बिहीवार ९० हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्यमा भने गिरावट आएको छ । अघिल्लो दिन १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेको हो । आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार ११:१९ मा प्रकाशित