काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले अधिकृतदेखि सहायकसम्मका पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ ।
उक्त पदहरुमा दरखास्त दिन इच्छुक योग्य उम्मेदवारहरुले तोकिएको आवश्यक कागजातसहित सूचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिनपुर्नेमा बताइएको छ ।
आवेदन र बायोडाटा [email protected] मा इमेल मार्फत वा कम्पनीको केन्द्रीय कार्यालयमा पेश गर्न सकिने छ ।
विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:०० मा प्रकाशित