back
NMB ad

डेढ खर्बको आयात र २० अर्बको निर्यात : कुन भन्सारबाट कति ? १३ ठाँउबाट भएन निर्यात (विवरणसहित)

Kumari bank ad

काठमाडौं । साउन महिनामा मात्रै १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको आयात भएको छ । यो अवधिमा २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

काठमाडौं । चालु आर्थिक वर्ष २०७८-०७९ को पहिलो महिनामा नै १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख १९ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । यस्तै २० अर्ब ७६ करोड ५१ लाख १७ हजार रुपैयाँ निर्यात भएको छ । गत आवको साउन महिनाको तुलनामा आयात ७५.६६ प्रतिशतले बढ्दा निर्यात ११५.८५ प्रतिशतले बढेको छ ।

भन्सार विभागका अनुसार देशभरका २४ वटा भन्सार बिन्दुबाट उक्त आयात हुँदा निर्यात भने ११ वटा भन्सार बिन्दुबाट मात्रै भएको छ ।
२४ वटा भन्सार नाकामा सबैभन्दा बढी आयात वीरगञ्जबाट भएको छ । वीरगञ्जबाट एम महिनामा ५० अर्ब ४६ करोड ४८ लाख ९० हजार रुपैयाँको आयात हुँदा निर्यात ९ अर्ब ५९ करोड ६९ लाख ६२ हजार रुपैयाँको भएको छ ।

वस्तु तथा सेवा धेरै आयात गर्ने दोस्रो भन्सारमा भैरहवा रहेको छ । भैरहवा भन्सार नाकाबाट २५ अर्ब २९ करोड १७ लाख १५ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ भने ८५ करोड ८८ लाख ९० हजार रुपैयाँको निर्यात भएको छ ।

विभागका अनुसार १० अर्ब भन्दा बढी वस्तु तथा सेवा आयात गर्ने भन्सारमा बिराटनगर १८ अर्ब ४० अर्ब १५ लाख ८८ हजार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १७ अर्ब ८५ करोड ७२ लाख ९६ हजार, ड्राइपोर्टबाट १७ अर्ब ३ करोड ६७ लाख ८३ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । सबै भन्दा कम थाडी भन्सार नाकाबाट ७९ लाख १२ हजार रुपैयाँको मात्रै वस्तु तथा सेवा आयात भएको छ ।

यस्तै विभागका अनुसार बिराटनगरबाट ५ अर्ब ८६ करोड २९ लाख ७७ हजार रुपैयाँको निर्यात भएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ अर्ब ९० करोड २६ लाख ६ हजार, ड्राईपोर्टबाट ३५ करोड ६१ लाख ९० हजार, नेपालगञ्जबाट १५ करोड २ लाख ३६ हजार, मेची भन्सारबाट ९० करोड ५९ लाख ७० हजार रुपैयाँको बस्तु तथा सेवा निर्यात भएको छ ।

विभागका अनुसार साउन महिनामा १३ वटा भन्सारबाट निर्यात शून्य रहेको छ । जसमा रसुवा, तातोपानी, जलेश्वर, सुनसरी, सर्लाही, गौर, जनकपुर, महेशपुर, सती, सिराहा, भद्रपुर र राजविराज भन्सार बिन्दुबाट कुनै पनि वस्तु तथा सेवा निर्यात भएको छैन ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:३३ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...