काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ मा माग भन्दा बढी आवेदन परेमा छ ।
प्रति इकाई मूल्य १० रुपैयाँको दरले १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंकको लागि सुरक्षित गरिएको थियो ।
बाँकी ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै माग भन्दा बढि आवेदन परेको हो । चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुले १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६०० बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको छ ।
माग भन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।
वि.सं.२०७८ भदौ ११ शुक्रवार १२:४३ मा प्रकाशित