back
Mega Long Ad

प्रभु र पाइम बैंकसहित चार कम्पनीको सेयर बिक्री गर्दै प्रुडेन्सियल क्यापिटल, कुनको कति ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ ।

कम्पनीले प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था र प्राइम कमर्शियल बैंकको संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

जसमध्ये न्युनतम मूल्य १८५ रुपैयाँ तोकिएको प्रभु बैंकको ५० हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ५० कित्ता(न्युनतम मूल्य ४३७ रुपैयाँ), नेपाल ग्रामिणको ३५ हजार कित्ता (न्युनतम ४५५ रुपैयाँ) र प्राइम बैंकको ७० हजार कित्ता( न्युनतम मूल्य २०८ रुपैयाँ) संस्था सेयर आजदेखि बिक्रीमा आएको हो ।

चार वटै कम्पनीको उक्त सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि न्युनतम २ हजार कित्ता र अधिकृतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले भदौ २५ गते कार्यालय समयभित्र आवेदन पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १३:३८ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...