back
NMB ad

८८ देशसँग चुलियो व्यापार घाटा, सबैभन्दा बढी भारतसँग साढे ७२ अर्ब बढी

Kumari bank ad

काठमाडौं । एक महिनामा नेपालले १ सय २ वटा देशसँग व्यापार गर्दा ८८ वटा देशसँग ब्यापार गर्दा ८८ वटा देशसँग व्यापार घाटा देखिएको छ । भन्सार विभागका अनुसार साउनमा भएको व्यापारमा १४ वटा देशसँग मात्रै घाटा नाफामा रहेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०७८-७९ को साउन महिनामा व्यापार घाटा व्यहोरेका ८८ मुलुकमध्ये सबैभन्दा बढी भारतसँग रहेको छ । चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा मात्रै भारतसँग ७२ अर्ब ६१ करोड ९३ लाख ७८ हजार रुपैयाँ घाटा रहेको छ । साउनमा भारतबाट ८९ अर्ब ४८ करोड ६३ लाख ७४ हजार रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा नेपालबाट जम्मा १६ अर्ब ८६ करोड ६९ लाख ९७ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

नेपालले साउन महिनामा भारतपछि चीनसँग बढी व्यापारघाटा व्यहोरेको छ । नेपालले चीनसँग २० अर्ब ८८ करोड ७८ लाख ८२ हजार रुपैयाँ घाटा रहेको छ । साउनमा चीनबाट २० अर्ब ९७ करोड ६ लाख ६७ हजार रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा नेपालबाट ८ करोड २७ लाख ८५ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ ।

त्यस्तै नेपालमा अर्जेन्टिनाबाट ६ अर्ब ७ करोड ८ लाख ४७ हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । तर नेपालबाट भने केही पनि निर्यात हुन सकेको छैन । अर्जेन्टिनासँग नेपालले शतप्रतिशत व्यापारघाटा व्यहोरेको छ । त्यस्तै संयुक्त अबर इमिरेट (युएईं) सँग ५ अर्ब ६ करोड ४५ लाख ९४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । यूएईंबाट नेपालमा ५ अर्ब७ करोड ७९ लाख ८७ हजार रुपैयाँको आयात हुँदा १ करोड ३३ लाख ९३ हजार रुपैयाँको निर्यात भएको छ ।

इन्डोनेशियासँग ४ अर्ब २ करोड १० लाख ४७ हजार रुपैयाँ व्यापार घाटा रहेको छ । इन्डोनेसियाबाट ४ अर्ब २ करोड १२ लाख ६५ हजार रुपैयाँको आयात हुँदा नेपालबाट २ लाख १९ हजारको निर्यात भएको छ । अष्ट्रेलियासँग नेपालले ३ अर्ब १४ करोड ३१ लाख ३३ हजार रुपैयाँ घाटा व्यहोरेको छ । नेपालमा ३ अर्ब २६ करोड ६९ लाख ९९ हजारको आयात हुँदा नेपालबाट १२ करोड ३८ लाख ६६ हजार रुपैयाँको निर्यात भएको विभागले जनाएको छ ।

यस्तै परुग्वेसँग १ अर्ब २४ करोड ७३ लाख ९३ हजार व्यापार घाटा व्यहोरेको छ । नेपालबाट कुनै पनि रकमको वस्तु तथा सेवा निर्यात हुन सकेको छैन । यता क्यानडासँग १ अर्ब २५ करोड ९२ लाख ९२ हजार रुपैयाँ घाटामा रहेको छ । नेपालमा १ अर्ब ३४ करोड ५७ लाख ८८ हजार रुपैयाँको निर्यातहुँदा ८ करोड ६४ लाख ९६ हजार रुपैयाँको निर्यात भएको छ ।

नेपालले ब्राजिसँग १ अर्ब २१ करोड ६३ लाख ६४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । नेपालबाट १ अर्ब २२ करोड ८५ लाख ६६ हजारको निर्यात हुँदा १ करोड २२ लाख २ हजारको आयात भएको छ । जापानसँग पनि नेपालले १ अर्ब ३ करोड ७२ लाख ९९ हजार हजार रुपैयाँ घाटा व्यहोरेको छ । साउनमा नेपालबाट १ अर्ब १८ करोड ८५ लाख ५४ हजार रुपैयाँको आयातहुँदा १५ करोड १२ लाख ५५ हजार रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको विभागले जनाएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १५:०७ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...