back
NMB ad

बैंकको नाफा घट्दै गएकोमा बैंकर्स संघका अध्यक्ष दाहाल चिन्तित

Kumari bank ad

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल दाहालले बैंकहरुको नाफा घट्दै गएकोमा चिन्ता जनाउनु भएको छ । नाफिजले मौद्रिक नीति कार्यान्वयन सम्बन्धी आयोजना गरेको अन्तकृया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा अधयक्ष दाहालले अहिले बैंकहरुको नाफा थ्रेसहोल्ड भन्दा पनि कम हुन थालेको भन्दै यसले आम्दानी दिनमा समस्या सृजना गर्ने बताउनुभयो । बैंकहरुको लगानीको तुलनामा नाफा निकै कम भएको स्मरण गराउनुभयो ।

करोडौ लगानी गर्ने अनी नाफा १२, १३ प्रतिशत भन्दा पनि कम हुँदै जाँदा भविश्यमा समस्या पर्ने उहाँको धारणा छ । कार्यक्रममा अध्यक्ष दाहालले सीडी रेसियो पुसमा ९२, चैतमा ९१ र असारमा ९० प्रतिशतमा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले गाँउघरमा जतिसक्दो कर्जा दिने व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो । गाँउमा धेरै ब्याजदर रहेको कारण बैंकबाट कर्जा दिने व्यवस्था गर्ने हो भने ऋण लिने व्यक्ति धेरै महंगो ब्याजमा नपर्ने बताउनुभयो । उहाँले साना ऋणीलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १५:५९ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...