back
NMB ad

सेयर लगानीकर्तालाई गभर्नर अधिकारीको प्रश्न : एकै पटक ४ करोड ऋण लिनु भएको छ, यो कसरी भयो थोरै ?

Kumari bank ad

काठमाडौैं । मौद्रिक नीतिले सेयर धितोकर्जाका गरेको कडाइको विषयमा सर्वत्र चर्चा सुरु भएको छ । लगानीकर्ताहरुले यस्तो कर्जाको सिमा घटाउनु पर्ने भन्दै अर्थमन्त्रीलाई समेत भेटन पुगी सकेका छन् । जसले गर्दा कर्जाको सिमा घट्ला की भन्ने धेरैको चासो थियो । तर गभर्नर अधिकारीले लगानीकर्तालाई नै प्रश्न गर्नु भएको छ ।

नाफिजले आयोजना गरेको मौद्रिक नीतिको कार्यान्वयनको विषयमा आयोजना गरेको अन्तकृया कार्यक्रममा उहाँले कसैले ४ करोड ऋण लिनु भएको छ भन्दै प्रश्न गर्नुभएको छ । ‘तपाईहरुले नै ४ करोड ऋण लिएको छै भने यो कसरी थोरै भयो’ उहाँले भन्नुभयो ‘४ करोड भनेको सानो रकम हो ? १५ लाख ऋण लिन जानु त कति कागजात चाहिन्छ ।’

बैंकलाई मलाई २५ करोड, ५० करोड ऋण दिनु भनेर बैंकमा दबाब आउन थालेपनि कर्जाको सिमालाई कडाइ गरेको बताउनुभयो । उहाँले सेयर धितोकर्जाको विषयमा उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, सिएनआईली चुनावमा आउने भोटको लागि विरोध गरेको भएपनि त्यसको बैंकिङ क्षेत्रलाई धेरै नै सहज गराएको बताउनुभयो ।

कार्यक्रममा उहाँले बैंकहरुको तथ्याङक हेर्दा गत साउन भन्दा अहिले राम्रो रहेको जानकारी गराउनुभयो । गभर्नर अधिकारीले कोरोनाले असर परेको क्षेत्रलाई सहज बनाउनको लागि मौद्रिक नीति ल्याएको स्मरण गराउँदै यो वर्ष धेरै समस्या परेका उद्योगलाई केन्द्रमा राखेर मौद्रिक नीति ल्याएको ल्याएको जानकारी गराउनुभयो ।

उहाँले अहिलेको मौद्रिक नीतिले धेरै जिम्मेवारी बैंकलाई छोडेको जानकारी गराउनुभयो । अधिकारीका अनुसार बैंकले ग्राहकको अवस्था हेरेर निर्णय गर्न सक्ने र वास्तविकता थाहा पाउने भएको कारण बैंकलाई धेरै जिम्मेवारी दिएको बताउनुभयो । ग्राहकको मूल्याङकनको भूमिका प्रभावकारी हुने भएकोले बैंकलाई जिम्मेवारी बनाउनु आवश्यक रहेको उहाँको तर्क छ । उहाँले राष्ट्र बैंकले सिस्टममा सुधार गर्नको लागि सीसीडी रेसियो हटाएको बताउनुभयो

वि.सं.२०७८ भदौ ११ शुक्रवार १६:४७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...