back
Hero Ad

निर्यात वृद्धिलाई स्थायित्व दिंदै अझ सुधार गर्नुपर्नेमा महासंघको जोड, उद्योग मन्त्रालयलाई दियो यस्तो सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यातको वृद्धिलाई स्थायित्व दिंदै अझ सुधार गर्दै जानुपर्नेमा जोड दिएको छ ।

शुक्रवार उद्योग, वाणिज्य तथा आपुूर्ति मन्त्रालयलाइ सुझाव दिँदै महासंघले नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाको स्थापना यथाशीघ्र गरिनुपर्नेमा जोडदिएको छ ।

यस्तै, नेपालका साना मझौला उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भईरहेकाले निर्यात प्रवद्र्धनका लागि निर्यात प्रोत्साहन कम्तिमा १० प्रतिशत हुनपर्ने र त्यो भन्दा माथि सामूहिक टे«डमार्ग, तेस्रो मुलुक निर्यात गर्नेलाई थप प्रोत्साहनको व्यवस्था गरी फरक फरक वस्तुुको लागि नगद अनुदान रकम छुट्याइनु पर्ने सुुझाव दिएको छ ।

त्यसैगरी नगद अनुदान प्राप्तिको प्रक्रिया झन्झटीलो भएकाले सरलरूपमा निकासी भएको विन्दुबाट ७ दिनभित्र सम्वन्धित उद्योग व्यवसायको बैक खातामा अनलाइन भुक्तानीको व्यवस्था गरिनु पर्नेमा महासंघको जोड छ ।

त्यसैगरी निर्यातमा पुनरकर्जाको हालको व्यवस्था अव्यवहारिक भएकाले निर्यातको प्रत्येक अर्डरका लागि पुनरकर्जाको व्यवस्था हुनुुपर्ने र त्यस्तो कर्जाको समयावधि न्युनतम तीन वर्षको लागि गरिनुपर्ने महासंघको सुझाव छ ।

ढुवानी लागत बढी भएकाले नेपालले आफनै कन्टेनरको व्यवस्था गर्नुपर्ने र नेपालमा सामान लिएर आउने कन्टेनरहरूको भाडा नेपाली आयातकर्ताले अगाडिनै तिरीसकेको हुंदा फर्किदा खाली भएर फर्किने भएकाले नेपालबाट निर्यात गर्ने सामानको ढुवानी भाडामा पचास प्रतिशत छुटको व्यवस्था गरिनुुपर्ने, कृषि क्षेत्रलाई दिएको ब्याज दरमा सरल सुलभरूपमा सबै बैंकले एकरुपता हुने गरी ऋण उपलव्ध गराउनु पर्ने, सबै निर्यात गर्ने उद्योगहरूलाई निर्यातमा कर छुट र ड्यूूटी ड्र ब्याक फिर्ता पाउने व्यवस्था हुनपर्ने सुुझाव महासंघले दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली बस्तुको निकासी बढाउनका साथै सहज र भरपर्दोरूपमा भुक्तानी प्राप्त गर्नको लागि अनलाइन भुक्तानीको व्यवस्था हुन पनेर्, कोभिडका कारण समस्याग्रस्त उद्योगहरूको पुर्नरूत्थानको लागि सरल र सुलभ व्याज दरमा ऋण उपलव्ध गराउनका साथै ऋणको भाका बढाउनुु पर्ने र तीन बर्षसम्मको लागि आय कर पूर्णरूपमा छुटको व्यवस्था गर्नु पर्ने, नेपालले सन २०२६ मा विकाशसील मुलुकमा स्तरोन्नती भएपश्चात निर्यातमा प्राप्त गर्दै आएको अल्पविकसित मुलुुकको सुविधा नपाउने हुंदा हाम्रो प्रतिस्पर्धात्मक क्षमताको विकासका लागि प्रतिस्पर्धी क्षमता बढाउनका लागि प्रभावकारी कार्यक्रमहरू ल्याउनुु पर्नेमा महासंघको जोड छ ।

निर्यात वापतको विदेशी मुद्रा आर्जनमा हुने जोखिमलाई न्युनिकरण गर्न एक्सपोर्ट क्रेडिट इन्स्योरेन्सको व्यवस्था गर्नुपर्ने, कृषि उत्पादनहरू जस्तै अलैची, अदुुवा आदिको सम्भावित बजार बंगलादेश रहेकाले हाल बंगलादेशले नेपालबाट जाने अलैचीमा ३५ प्रतिशत भंसार महशुल लगाएको र निर्यात गर्न समेत समस्या देखिएकाले यसतर्फ सरकारले अविलम्व पहल गर्नुपर्ने सुुझाव महासंघको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात व्यापारमा ११५ प्रतिशतले बृद्धि भएको छ । भंसार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम महिनामा नेपालबाट कूल २० अर्व ७६ करोड ५१ लाख रुपैयाँ को वस्तु निर्यात भयो भने सोही अवधिमा अघिल्लो आवमा ९ अर्व ६२ करोड रुपैयाँको निर्यात भएको थियो ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १७:३७ मा प्रकाशित

You can share this post!

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

यी हुन् सर्वाधिक कारोबार गर्ने कम्पनी, कुन कम्पनीको कति कारोबार ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:३७

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा बढ्यो, कुन कम्पनीको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:२२

काठमाडौं । बुधबार श्वेत गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत...

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

वि.सं.२०७९ भदौ १ बुधवार १५:०९

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

युक्रेन–रसिया युद्धले खोस्यो फिनल्याण्डवासीको खुसी

वि.सं.२०७९ भदौ १ बुधवार १४:३९

हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा...

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ नियुक्त

वि.सं.२०७९ भदौ १ बुधवार १४:२८

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराइ...