back
NMB ad

एक महिनामै साढे २४ करोड बढीको लसुन, प्याज आयात: कुन देशबाट कति आयो ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनमा साढे २४ करोड बढीको लसुन, प्याज आयात भएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको साउन महिनमा ५ करोड ९१ लाख १९ हजार रुपैयाँको लसुन र १८ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको प्याज नेपाल भित्रिएको छ ।

नेपालमा छिमेकी दुई मुलुक चीन र भारत लगायतका देशबाट लसुन, प्याज आयात हुने गरेको छ । नेपाली बजारमा चिनियाँ लसुनको बर्चस्व देखिएको छ ।

चालु आवको पहिलो महिनामा चीनबाट ५ करोड ९१ लाख ९ हजार रुपैयाँ बराबरको लसुन नेपाल आएको छ । उक्त अवधिमा चीनबाट ५९ हजार १०९ केजी लसुन आयात भएको विभागले जनाएको छ ।

साउन महिनामा भारतबाट १० हजार रुपैयाँ बराबरको ११० केजी लसुन आयात भएको हो । दुई मुलुकबाट भएको लसुन आयातबाट सरकारले १ करोड ४४ लाख १० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

यस्तै, चालु आवको पहिलो महिनामा १८ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको प्याज आयात भएको छ । उक्त अवधिमा भारतबाट मात्रै ४ हजार ९०५ टन बढी प्याज आयात भएको छ ।

विभागका अनुसार भारतबाट १८ करोड २० लाख ४२ हजार रुपैयाँ बराबरको प्याज नेपाल भित्रएको हो । चीनबाट भने ४० लाख २३ हजार रुपैयाँ बराबरको प्याज आयात भएइको विभागले जनाएको छ ।

प्याज आयातबाट नेपाल सरकारले १ करोड ६७ लाख ९० हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १८:१९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...