back
NMB ad

राष्ट्र बैंकले सेयर बजारलाई अनुत्पादक ठानेको नीजि क्षेत्रको दाबी, सेयर धितो कर्जाको सिमा हटाउन आग्रह

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ‘मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा, मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा एउटा इजाजतपत्र प्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजतपत्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ कायम गरिएको छ’ भन्ने व्यवस्था रहेको छ । यो विषयमा नीजि क्षेत्रले विरोध जनाएका छन् ।

नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघले यसको विरोध जनाएका हुन् । दुवै संस्थाले सेयर धितो कर्जाको सिमालाई कडाइ गर्न नहुने तर्क राखेका छन् । चेम्बरका बरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जाको सिमामा अत्यन्त कडाई गरेको भन्दै यसलाई हटाउन माग गरेका छन् ।

उक्त निर्देशिकाले प्रतिव्यक्ति १२ करोडको सिलिङ राखेको र एउटा बैंकबाट मात्रै ४ करोड पाउने व्यवस्था अव्यवहारिक भएको धारणा राख्नुभयो । ‘यसरी १२ करोड राष्ट्र बैंकले उपलब्ध गराएको सुविधा लिनलाई तीन तीन वटा बैंकमा सार्नुपर्ने बाध्यता हटाउनु पर्छ’ उहाँले भन्नुभयो ‘यसले ठुलो अवरोध सृजना हुन्छ । अर्थतन्त्रका सबै क्षेत्रहरु सिथिल भएको अवस्थामा सेयर बजारले गति लिएको थियो ।’ यस्तो लिमिटेसनले समस्या हुने उहाँको भनाई छ ।

यस्ता विषयमा आगामी दिनमा समिक्षा गर्न आवश्यक रहेको बताउनुभयो । मौद्रिक नीतिले सेयर बजारलाई धेरै नै अनुत्पादक ठानेको भन्दै उहाँले ऋण लिन कीन ३ वटा बैंकमा जानु पर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

नाफिजले आयोजना गरेको मौद्रिक नीतिको कार्यान्वयन विषयक अन्तकृया कार्यक्रममा नेपाल उद्योग परिसंघका प्रतिनिधिले पनि यो व्यवस्थालाई संशोधन गर्न आग्रह गरेका छन् ।

रियल सेक्टरका कम्पनी सेयर बजारमा आउन खोजेको, बजार र आफ्नो लागि वेल्थ क्रियन गर्न खोजेको समयमा राष्ट्र बैंकको सोचाइको दायरा बढाउन आवश्यक रहेको बताइएको छ । अहिले मौद्रिक नीतिमा भएको कुरामा संशोधन गर्न आग्रह गर्नुभयो । यो संकुचीत सोच भएको भन्दै १२ करोडसम्म लगानी गर्न पाउने विषयमा धेरै असन्तुष्ट रहेको बताइएको छ ।

वि.सं.२०७८ भदौ ११ शुक्रवार १८:२० मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...