काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता १०३ रुपैयाँ ४० पैसाले वृद्धि भई १ हजार १३७ रुपैयाँ ४० पैसा पुगेको छ ।
यस्तै, खानीखोला हाइड्रोपावरको प्रतिकित्ता ३९ रुपैयाँ ३० पैसाले वृद्धि भई ४३२ रुपैयाँ ३० पैसा पुगेको छ ।
वि.सं.२०७८ भदौ १३ आइतवार ११:१३ मा प्रकाशित