back
Mega Long Ad

एनएमबि ५० को साउन मसान्तमा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य र सेयर लगानी बढ्यो

काठमाडौं : एनएमबि ५० को साउन मसान्तमा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । यसअवधिमा न्याभ १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ ४२ पैसा कायम भएको छ । असार महिनामा यसको न्याभ १८ रुपैयाँ ९६ पैसा थियो । एक महिनाको अवधिमा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ ।

सूचीकृत कम्पनीको सेयरमा लगानी २१ करोड १० लाख ५० हजार ९५२ रुपैयाँले बढेर १ अर्ब ७४ करोड रुपैयाँमा कायम भएको छ । असार महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ५३ करोड ११ लाख रुपैयाँ लगानी गरेको थियो । साउन मसान्तसम्म आइपुग्दा फन्डको बैंक मौज्दात भने घटेको छ ।

बैंक मौज्दात २७ लाख ४५ हजार १६४ रुपैयाँले घटेर ४३ करोड २० लाख रुपैयाँ भएको छ । असार महिनामा यसको बैंक मौज्दात ४३ करोड ४८ लाख रुपैयाँ थियो ।

यसअवधिमा फन्डले ४९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकमा रहेको छ । एनआइसी बैंकको ९३ हजार ४२ कित्ता सेयरमा ९ करोड १९ लाख २५ हजार रुपैयाँभन्दा बढी लगानी छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १४:१२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...

‘युवासंग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान’ सुरु, २० लाख बजेट विनियोजन

‘युवासंग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान’ सुरु, २० लाख बजेट विनियोजन

वि.सं.२०७८ असोज ४ सोमवार १२:३८

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले 'युवासंग महालक्ष्मी लाइफ बीमा जागरण...

नयाँ कार्यालय स्थापना तथा सजावटका लागि लुम्बिनी विकास बैंकद्वारा बोलपत्र आह्वान

नयाँ कार्यालय स्थापना तथा सजावटका लागि लुम्बिनी विकास बैंकद्वारा बोलपत्र आह्वान

वि.सं.२०७८ असोज ४ सोमवार ११:४१

काठमाडौं । लुम्बिनी विकास बैंकले कार्यालय सजावट तथा संरचना निर्माणका...

किन्ने होइन त महालक्ष्मी विकास बैंकको ४ लाख १० हजार कित्ता सेयर ? नजिकियो आवेदन दिने अन्तिम मौका

किन्ने होइन त महालक्ष्मी विकास बैंकको ४ लाख १० हजार कित्ता सेयर ? नजिकियो आवेदन दिने अन्तिम मौका

वि.सं.२०७८ असोज ३ आइतवार १४:३५

काठमाडौं । महालक्ष्मी विकास बैंकले ४ लाख १० हजार बढी...

शाखा कार्यालय निर्माण तथा सजावटका लागि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बोलपत्र आह्वान

शाखा कार्यालय निर्माण तथा सजावटका लागि सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बोलपत्र आह्वान

वि.सं.२०७८ असोज ३ आइतवार ११:२९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा कार्यालय निर्माण तथा आन्तरिक...

कामना सेवा विकास बैंकले ल्यायो उच्च ब्याजदरसहित नयाँ बचत खाता, कति प्रतिशत पाइने ?

कामना सेवा विकास बैंकले ल्यायो उच्च ब्याजदरसहित नयाँ बचत खाता, कति प्रतिशत पाइने ?

वि.सं.२०७८ असोज १ शुक्रवार १६:०९

  काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित...