back
Hero Ad

सेयर बजारमा भारी गिरावट: कारोबार रकम पनि घट्यो, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी गिरावट आएको छ । आइतबार बजार ४९.१८ अंकले घटेको हो । बजार परिसुचक पनि ३०४४.८६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकम पनि घटेको छ । आज १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।उक्त दिन फाइनान्स बाहेक सबै समूह राताम्मे बनेका छन् । आज फाइनान्स २१.८८ अंकले वृद्धि भएको हो ।

आइतबार बैंकिङ् समूह ३०.०५ अंक, विकास बैंक ५३.१९ अंक, व्यापार ६२.१६, होटेल तथा पर्यटन ३१.७१, जलविद्युत ८९.२६, जीवन बीमा समूह ३०.४२, निर्जीवन बीमा २५३.०७, माइक्रोफाइनान्स ११५.२, उत्पादक तथा प्रशोधन ३८.४८, लगानी १.९३ र म्युचुअल फण्ड ०.०६ अंकले घटेको छ ।

उक्त दिन अरुण भ्याली हाइड्रोपावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ३१ करोड ८३ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अरुण कावेली पावरको ८७ करोड ९ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्थाको ७४ करोड ९२ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १५:०९ मा प्रकाशित

You can share this post!

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

थप कम्पनीद्वारा लाभांश घोषणा, कुनको बोनस कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:४६

काठमाडौं । कम्पनीले लाभांश वितरण सुरु गरेका छन् । गुराँस...

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

भोलिदेखि १ अर्ब १० करोडको ऋणपत्र निष्काशन गर्दै बैंक अफ काठमाण्डू, कति पाइन्छ ब्याज ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:२१

काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशन गर्ने भएको छ...

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक र होटल सिताशरणका बिच आकर्षक छुट गर्ने सम्झौता

वि.सं.२०७९ भदौ १ बुधवार १७:११

काठमाडौं । प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण...

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

निर्जीबन बीमा कम्पनीहरुले कमाए साढे ४ अर्ब बढी नाफा : अग्रस्थानमा तीन कम्पनी, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १७:०७

काठमाडौं । निर्जीबन बीमा कम्पनीहरुले धमाधम गत आर्थिक वर्ष २०७८/७९...

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

पैसा नभएको चेक दिने व्यक्ति पक्राउ, ४२ लाख जरिवाना र आठ दिन कैद हुने

वि.सं.२०७९ भदौ १ बुधवार १६:१०

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर...

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको कति ?

वि.सं.२०७९ भदौ १ बुधवार १५:४६

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ...