back
NMB ad

विदेशमा नेपाली सुनका मौलिक गहनाको माग उच्च, एक महिनामै १० करोड बढीको निर्यात

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९को पहिलो महिनामा १० करोड बढीको सुन गर गहना निर्यात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार साउन महिनामा १० करोड २८ लाख ३४ हजार रुपैयाँ बराबरको सुनका गर गहना निर्यात भएको छ ।

नेपालबाट अष्ट्रेलिया, हङकङ, अमेरिका लगायतका देशहरुमा सुनका गरगहनाको निर्यात हुने गरेको छ । विशेषगरी विदेशी मुलुकमा बन्न नसक्ने नेपाली मौलिक गर गहना नेपालबाट निर्यात हुने गर्दछ ।

विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोबास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ । चालु आवको पहिलो महिनामा सबैभन्दा बढी अमेरिका सुनका गहना निर्यात भएको छ ।

साउनमा नेपालबाट ९ करोड ४९ लाख ५७ हजार रुपैयाँ बराबरको गहना अमेरिका निर्यात भएको हो । अमेरिकामा ११ केजीभन्दा बढी सुनका गहना निर्यात भएको विभागले जनाएको छ ।

यस्तै, चालु आवको पहिलो महिनामा हङकङमा ७८ लाख ७७ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको हो । उक्त मुलुकमा नेपाल बाट १ केजी सुनका मौलिक गहना निर्यात भएको विभागले जनाएको छ ।

नेपालबाट गत आर्थिक वर्षदेखि सुनका गहनाहरु निर्यात हुन थालेको हो । निर्यात हुन थालेको पहिलो वर्ष अर्थात आव २०६७७/७८ मा नेपालबाट ३८ करोड ७१ लाख ७६ हजार रुपैयाँ बराबरको गहना बाहिरिएको विभागले जनाएको छ । उक्त अवधिमा ३८ केजी सुनका गहना नेपालबाट निर्यात भएको थियो ।

यसैविच, चालु आवको पहिलो महिनामा भने ३ अर्ब १६ करोड ४७ लाख ७९ हजार रुपैयाँ बराबरको सुन आयात भएको छ । साउनमा ४५८ केजी बढी सुन आयात भएको विभागले जनाएको छ ।

नेपालमा युनाईटेड अरब इमिरेट्स (यूएई) बाट सुन आएको विभागले जनाएको छ । चालु आवको पहिलो महिनामा यूएईबाट २ अर्ब ८१ करोड ५० लाख ५४ हजार रुपैयाँ बराबरको सुन नेपाल भित्रिएको हो । उक्त देशबाट ४०७ केजी सुन आयात भएको विभागले जनाएको छ ।

यस्तै, टर्कीबाट करिव ३५ करोड बराबरको सुन नेपाल आएको छ । उक्त मुलुकबाट ३४ करोड ९७ लाख २५ हजार रुपैयाँ बराबरको ५१ केजी बढी सुनको नेपाल भित्रिएको छ । सुन आयातबाट नेपाल सरकारले ३८ करोड ९७ लाख २६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।

वि.सं.२०७८ भदौ १३ आइतवार १७:२१ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...