
काठमाडौं । नेपालमा लगाइएको कोरोनाविरुद्धको खोप प्रभावकारी देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको दोस्रो राष्ट्रिय सेरोपप्रिभ्यालेन्स सर्भेक्षणको नतिजा सार्वजनिक गर्दै खोप प्रभावकारी देखिएको जनाएको छ ।
मन्त्रालयले गरेको सर्भे अनुसार देशभरी ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिवडी देखिएको जनाएको छ । मन्त्रालयले देशभरी ६ महिनाभन्दा बढी उमेरका व्यक्तिहरुलार्य समेटी गत असार २१ गतेदेखि साउन २० गतेसम्म संकलित नमुनाहरुमध्ये १३ हजार १६१ जनाको परिक्षण तथा विश्लेषण गरिएको थियो ।
यस्तै, सातै प्रदेशका सबै लिंग उमेर, पेशा तथा सबै समूहमा लगभगत समान रुपमा नै एन्टिवडी देखिएको मन्त्रालयले जनाएको छ । पहिलो डोज (मात्रा) खोप लगाएका व्यक्तिहरुमा ८० प्रतिशत र पूर्ण अर्थात दुई डोज लगाएकाहरुमा ९० प्रतिशतमा एन्टिवडी देखिएको हो ।
भाइरसले आफ्नो रुप परिवर्त गरिरहने जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम, नियन्त्रण गर्नु नै एक प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सर्वसाधारणका लागि भौतिक दुरी कायम, भिडभाड कम, अनिवार्य रुपमा मास्कको प्रयोग र सरसफाईमा ध्यान दिन साथै आफ्नो पालको अनुसार खोप लगाउनका लागि अनुरोध गरेको छ ।
वि.सं.२०७८ भदौ १४ सोमवार १०:३१ मा प्रकाशित