काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल बजारमा सोमबार छापावाला सुनको मूल्य ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य पनि कुनै घटवढ भएको छैन । अघिल्लो दिन प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ भदौ १४ सोमवार ११:०१ मा प्रकाशित