काठमडौं । नेपाली बजारमा सुनको मूल्य भारी गिरावट आएको छ । एक वर्षको अवधिमा छापावाला सुनको मूल्य साढे ५ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस वर्षको भदौ १४ गते र गत वर्षको सोही दिनको तुलनामा सुनको भाउ ५ हजार ६ सय रुपैयाँले घटेको हो ।
गत वर्ष भदौ १४ गते ९७ हजार २ सय रुपैयाँ कारोबार भएको सुन यस वर्षको सोही दिनसम्म आईपुग्दा ९१ हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्यमा पनि प्रतितोला १३० रुपैयाँको गिरावट देखिएको छ । गत वर्षको भदौ १४ गते प्रतितोला १३ सय ४० रुपैयाँमा खरिदबिक्री भएको चाँदी यस वर्षको सोही दिन १२ सय १० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ भदौ १४ सोमवार १२:२१ मा प्रकाशित