काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९१ हजा २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंले आजका लागि तेजावी सुनको मूल्य ९० हजार ७ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन ९१ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, दुई लगातार स्थिर रहेको चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेको हो ।
चाँदी आज १२ सय ५ रुपैयाँमा खरिदबिक्री हुने महासंघले जनाएको छ ।
वि.सं.२०७८ भदौ १५ मंगलवार १२:०५ मा प्रकाशित