back
NMB ad

यस्तो छ सेजन अध्यक्षका उमेद्वारको योजना

Kumari bank ad

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन) का उम्मेद्वारसँग अन्तरक्रिया गरेको छ । अध्यक्षका प्रत्यासीसँग आर्थिक पत्रकारिताका विषयमा छलफल आयोजना भएको होे ।

सेजनको भदौ १८ गते हुने निर्वाचनमा अध्यक्षमा आशीष ज्ञवाली, जनार्दन बराल र शिरोमणि ढुंगानाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । कार्यक्रममा अध्यक्षका उम्मेद्वारहरुले आर्थिक पत्रकारिताका क्षेत्रमा सशक्त भएर लाग्ने प्रतिवद्धता जनाउनु भएको छ । आर्थिक पत्रकारको क्षमता अभिवृद्धि गर्ने र अर्थतन्त्रका विविध विषयमा बहस चलाउने प्रतिबद्धता तीनै जनाको रहेको छ ।

अध्यक्षका उम्मेदवार आशीष ज्ञवालीले सञ्चार माध्यममा नवप्रवेशी पत्रकारको अभाव भएको भन्दै आर्थिक पत्रकार जन्माउने तर्फ सेजनले ध्यान दिने बताउनुभयो । आर्थिक पत्रकारितामा नयाँ कुरा आएकाले सेजनले आर्थिक पक्षका विविध क्षेत्रमा नवप्रववेशी पत्रकारलाई तालिम दिइने बताउनुभयो ।

सेजनका अध्यक्षका उम्मेदवार जनार्दन बरालले साझा धारणा बनाएर अघि बढ्ने बताउनुभयो । रिर्पोटिङ तथा डेक्समा म्यानपावर अभाव भएको भन्दै तालिम तथा सीप दिएर इन्टरसीपमा पठाउन सकिने बताउनुभयो ।

‘आचारसंहिता कार्यान्वयन गर्न भूमिका खेल्ने उहाँले बताउनुभयो । आर्थिक तथा पत्रकारिताका विद्यार्थीलाई पत्रकारितातर्फ आकर्षित गर्न विश्वविद्यालयसँग सहकार्य गरिने उहाँले बताउनुभयो ।

अध्यक्षका उम्मेदवार शिरोमणि ढुंगानाले पारदर्शिता र उत्तरदायित्वमा भूमिका खेल्ने बताउनुभयो । संस्था बलियो र प्रभावकारी बनाउन ध्यान दिइने बताउनुभयो । ‘अवसरमा विविधता छ, गुणात्मक काममा ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो ।

वि.सं.२०७८ भदौ १६ बुधवार १६:०७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...