काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९१ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुनको भाउ ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । आज प्रतितोला १० रुपैयाँले वृद्धि भई तोलाको १२ सय ५ रुपैयाँ निर्धारण भएको छ । चाँदी बुधवार ११ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १०:२८ मा प्रकाशित