back
NMB ad

एक महिनामै बाहिरियो ६ करोडको चाँदीका गहना : अमेरिकामा सबैभन्दा बढी, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा करिव ६ करोड रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको छ ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवको साउन महिनको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार साउन महिनामा ५ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबरको चाँदीका गहना बाहिरिएको हो ।

नेपालबाट विश्वका १० मुलुकहरुमा चाँदीका गहनाहरु निर्यात हुने गरेको छ । साउन महिनामा ४ हजार ९०५ केजी बढी चाँदीका गहना निर्यात भएको विभागले जनाएको छ । नेपालीहरुको बसोबास बढीको रहेको विदेशी मुलुहरुमा र त्यहाँ बन्न नसक्ने गहना निर्यात हुने गरेको छ ।

सबैभन्दा बढी अमेरिकमा चाँदीका गहना पुगेको छ । चालु आवको पहिलो महिनामा अमेरिकामा ४ करोड ३० लाख ९८ हजार रुपैयाँ बराबरको गहना पुगेको हो । अमेरिकामा ४ हजार ८२७ केजी चाँदीका गहना निर्यात भएको हो ।

अमेरिकापछि सबैभन्दा बढी अष्ट्रेलियमा निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । साउनमा अष्ट्रेलियमा ७१ लाख ६४ हजार रुपैयाँ बराबरको ४४ केजी बढीको चाँदीका गहना पुगेको हो ।

यस्तै, जर्मनीमा ३४ लाख ३० हजार रुपैयाँ, जापानमा २३ लाख ६१ हजार, क्यानडामा १३ लाख १४ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको छ ।

त्यसैगरि स्वीट्जरल्याण्डमा ६ लाख ३२ हजार, बेलायतमा ५ लाख ७२ हजार, बेल्जियममा ४ लाख २२ हजार, फ्रान्समा २ लाख ४५ हजार, नेदरल्याण्डमा २ लाख २७ हजार रुपैयाँ बराबरको चाँदीका गहना निर्यात भएको हो ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १०:४० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...