काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ४ लाख ९५ हजार ८८६ कित्ता सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
सेयर खरिदका लागि संस्थापकहरुले विवरण खुलाई बैंकको केन्द्रिय मुख्य कार्यालय डिल्लीबजारमा लिखित जानकारी गराउन बैंकले अनुरोध गरेको छ ।
तोकिएको समयावधि भित्र विद्यमान संस्थापकहरुले सेयर खरिदका लागि कुनै लिखित जानकारी नगराएमा प्रचलित कानुन बमोजिम अन्य प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १२:३४ मा प्रकाशित